फोरमको महाधिवेशन सर्यो



काठमाडौँ : संघीय समाजवादी फोरम नेपालको पहिलो केन्द्रीय महाधिवेशनको मिति सरेको छ । आगामी माघका लागि तय गरेको महाधिवेशन तयारी नपुगेको भन्दै आगामी २०७६ बैशाख २७ गतेका लागि सारिएको छ । यसअघि माघ २८मा महाधिवेशन गर्ने तय भएको थियो ।

 

पार्टीका महासचिव रामसहाय यादवका अनुसार नयाँ संरचना अनुसार प्रदेश, जिल्ला, गाउँ, नगर गठन गर्नुपर्ने भएकाले महाधिवेशनको मिति सारिएको हो । यसअघि फोरम नेपालले ११ प्रदेशको आधारमा पार्टीको संरचना बनाएको थियो ।

 

अहिले सात प्रदेश भएको र सोहीअनुसार संरचना बनाउनुपर्ने भएकाले बैशाखका लागि महाधिवेशन सारिएको गोरखापत्रमा खवर छ ।  मधेशी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टीबीच एकीकरण भई संघीय समाजवादी फोरम नेपाल बनाएपछि नयाँ पार्टीको रुपमा यो पहिलो महाधिवेशन हो ।

प्रतिक्रिया दिनुहोस्