धादिङमा ट्रक दुर्घटना, चालकको मृत्यु



धादिङ : धादिङको थाक्रे गाउँपालिका–११ मान्खुमा आइतबार राति आइचर (ट्रक) दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

गोगनपानीमा सामान पुर्‍याएर फर्कदै गर्दा मान्खुमा बा ३ ख ७९४९ को आइचर कच्ची ग्रामीण सडकमा पल्टिएर माख्नु निवासी २५ वर्षीय साजन सुनुवारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

गाडीमा तीन जना सवार रहेकामा अन्य दुई जना घाइते भएकाले उनीको उपचार काठमाडौँको ट्रमा सेन्टरमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्