धनगढीमा लोडसेडिङ बढ्यो



कैलाली: धनगढीमा केही दिन लोडसेडिङको समय बढ्ने भएको छ । पाँच दिन दिउँसोको समय विद्युत आपुर्ति बन्द हुने विद्युत प्राधिकरणले जनाएको हो ।

 

धनगढीको हसनपुर र मनहेरा क्षेत्रमा विद्युत लाइन मर्मत गरिने भएकोले मंसिर १० देखि १५ गतेसम्म दिउँसो विद्युत सेवा बन्द हुने विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले जनाएको छ ।

 

केन्द्रका अनुसार बिहान १० देखि साँझ ५ बजेसम्म विद्युत आपुर्ति हुने छैन ।

प्रतिक्रिया दिनुहोस्