अनसनको तयारीमा डा. गोविन्द केसी



काठमाडौं : चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै १५ पटक अनसन बसेका हाडजोर्नी विषेशज्ञ डा. गोविन्द केसीले १६ औँ अनसनको तयारी गरेका छन् ।

 

यसअघि सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै डा।केसी अर्को अनसनको तयारीमा लागेका हुन् । सम्झौता कार्यान्वयनका लागि सरकारलाई तीन हप्ताको समय दिने र यो समयमा सरकारले सम्झौता कार्यान्वयन नगरे अनसन सुरु गर्ने डा. केसीको आन्दोलनका सहयोगी डा।अभिषेकराज सिंहले जनाएका छन् ।

 

यसअघि सरकारले डा.केसीसँग चिकित्सा शिक्षा ऐन ल्याउने र गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने लगायतका सम्झौता गरेको थियो । तर, सरकारले अहिलेसम्म सम्झौता कार्यान्वयन नगरेको नयाँ पत्रिकामा खवर छ ।

प्रतिक्रिया दिनुहोस्