एक महिनादेखि जुम्ला विमानस्थल बन्द



जुम्ला : एक महिनादेखि बन्द जुम्ला विमानस्थल संचालनमा आउन अझै समय लाग्ने देखिएको छ । स्तरोन्नतिका लागि बन्द गरिएको विमानस्थल एक बित्दा समेत सञ्चालनमा आएको छैन । कात्तिक ८ देखि बन्द गरिएको विमानस्थल निर्माण कार्य पूरा नहुँदा सञ्चालनमा नआएको विमानस्थल प्रमुख कैलाश शर्माले बताए ।

 

ठेकेदारले स्तरउन्नतिको काममा ढिलाइ गरेकाले विमान स्थल सञ्चालनमा समस्या भएको विमानस्थल प्रमुख शर्माले बताए । ‘ठेकेदारले स्तरउन्नतिको काममा ढिलाइ गरेको छ,’ उनले भने, ‘त्यसतर्फ कसैको ध्यान गएको छैन।’ स्तरउन्नतिको काम नसकिएको भन्दै निर्माण कम्पनीले केही समयको माग गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्