महोत्तरी : महोत्तरीको मनरा सिसवा नगरपालिकाले नगरभित्रका युवाहरुलाई लक्षित गरी लोकसेवा आयोग तयारी कक्षा संचालन गरेको छ । नगरपालिकाले सोमवारदेखि १५ दिने लोकसेवा तयारी कक्षा संचालन गरेको हो ।
१ नम्वर वडामा रहेको दुर्गा माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख सञ्जयकुमार सिंहले निजामती सेवा र प्रशाशनिक क्षेत्रमा मधेशी समुदायको पहुंच बिस्तार गर्नुपर्ने बताए । नगरपालिका उप- प्रमुख रमिता प्रधानले मधेशलाई सम्वृद्ध बनाउन गुणस्तरीय शिक्षालाई प्राथमिकता दिनुपर्ने बताइन् ।
नगरपालिकाको लोक सेवाको तयारी कसरी गर्ने भन्नेवारे निःशुल्क तालिम सुरु गरेको उनले बताइन् । तालिममा नगरपालिका भित्रका ६० भन्दा धेरै प्रशिक्षार्थी सहभागि छन् ।