जनकपुरधाम : प्रदेश २ का किसानलाई ४० प्रतिशत अनुदानमा गहुँको बिउ उपलब्ध हुने भएको छ । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका किसानलाई गहुँ बिउ अुदानमा उपलब्ध गराउन लागेको हो ।
अनुदानको बिउ जिल्ला स्थित कृषि ज्ञान केन्द्रले तोकेको स्थानीय बिउ बिजन केन्द्रबाट प्राप्त गर्न सकिने जनाइएको छ । गहुँको बिउ किन्दा किसानले ६५ रुपैयाँ ५० पैसाको ४० प्रतिशत अनुदान पाउने छन् ।
कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शंकरप्रसाद साहले जिल्लाको विभिन्न ठाउँमा स्थानीय बिक्री केन्द्र छनौटको प्रक्रियामा रहेको बताउँदै सोमबारबाट अनुदानको गहुँको बिउ बिक्री वितरण सुरु गरिने जानकारी दिए ।