एक अध्ययन अनुसार दिमागलाई स्वस्थ राख्न केही खानेकुरा नियमित खानुपर्छ । जसले अल्जाइमर रोगबाट बचाउनुका साथै दिमाग तीक्ष्ण बनाउँछ । स्पाइसी खानेकुराले शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पु¥याउँछ । सोडा, केक, कुकिज जस्ता गुलियो बढि भएका खानेकुराले मस्तिष्कलाई असर गर्छ । एन्टिअक्सिडेन्टयुक्त, भिटामिन, मिनरल आदि खानेकुराले मानसिक शक्ति बढाउन सहयोग गर्छन् । यी खानेकुराले स्मरणशक्ती बढाउन सहयोग गर्छ :
ओखर
ओखर मुटु र दिमाग दुवैका लागि राम्रो खाद्यपदार्थ मानिन्छ । सबै ओखरजन्य वस्तु स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छन् । ओखरमा विशेषगरी अल्फा लिनोलेनिक एसिड (यो ओमेडा फ्याटी एसिडको एक प्रकार हो) पाइन्छ । यसले दिमागलाई धेरै फाइदा हुन्छ ।
गोलभेँडा
गोलभेँडा दिमागमा रहेको तन्तुहरुमा आउने समस्याको अचुक औषधि हो । मस्तिष्कले सही रुपमा काम गरिराख्न तन्तुहरुलाई सक्रिय गराउन मद्दत गर्छ । यसमा पाइने विशेष प्रकारको एन्टिअक्सिडेन्टले बडिगार्डकै काम गर्छ ।
साल्मोन माछा
साल्मोन माछा अर्को मानसिक शक्ति बढाउने खाद्यपदार्थ हो । साल्मोनमा आमेडा फ्याटी प्रचुर मात्रामा पाइन्छ । जसले दिमागका नसा–नसामा छिटो रगत सर्कुलेसन गर्न सहयोग गर्दछन् । त्यस्तै, यसमा पाइने एक प्रकारको बिटा एमिलाइड नामक प्रोटिनले अल्जाइमर हुनबाट समेत बचाउँछ ।
बेसार
हाम्रो शरीरमा रहेका न्युरोन्सहरु वयस्क हुँदै गएपछि नष्ट हुँदै जान्छन् र, पुनः उत्पादन हुन्छन् । यस्तो प्रक्रियालाई न्युरोट्रोफिक कारक अथवा बिडिएनएफ भनिन्छ । बेसार यस्तो वस्तु हो, जसले बिडिएनएफको दर बढाउनुका साथै मस्तिष्कमा आउने जोखिमबाट समेत जोगाउँछ ।
जामुन
जामुनमा शरीरलाई आवश्यक एन्टिअक्सिडेन्टको मात्रा अत्यधिक हुन्छ । जामुन खाँदा दिमागमा आउने खराबीका साथै बिर्सने रोगबाट बचाउँछ ।
ब्रोकाउली
हरियो पात भएका सागसब्जीले मानसिक सन्तुलन बनाइराख्न सहयोग गर्छन् । ब्रोकाउलीमा पाइने भिटामिन ए, के, फुलिट, लुटिन र फाइबरले मस्तिष्कलाई सक्रिय राख्दछन् ।
स्याउ
स्याउ खाँदा दिमागमा रहेका न्युरोन्सहरुलाई एक प्रकारको अक्सिडेसनबाट बचाउँछ । दिमागमा हुने क्रिकुन तन्तुहरुको मृत्यु न्युरोन्स र अक्सिडाइनको कारणबाट हुने गर्दछ । जसबाट अल्जाइमरजस्ता भयानक रोग लाग्ने हुन्छ । स्याउको नियमित सेवनले अल्जाइमर हुनबाट जोगाउन सक्छ ।
प्याज
प्याज फोलिक एसिड र भिटामिन बीको राम्रो स्रोत मानिन्छ । जसले मस्तिष्कमा हुने रगतको प्रवाहलाई सक्रिय बनाइराख्न मद्दत गर्छ । जो डिप्रेसनसँग जुधिरहेका मानिसका लागि झनै लाभदायी हुन्छ ।