सन् २०१९ का लागि डीभी खुल्दै, फारम भर्ने म्याद एक महिनाभन्दा बढी



काठमाडौं- अमेरिकन डाइभर्सिटी भिसा डीभी असाेज १७ बाट खुल्ने भएको छ। डीभी भर्ने अवधि कात्तिक २० सम्मको हुनेछ।

 

डीभी भर्नका लागि अन्तिम समयसम्म नकुर्न अमेरिकी सरकारको विदेश मन्त्रालयले सूचित गरेको छ। कम्प्युटर ओभरलोड भई ढिलाइ हुने र आवेदन दर्ता नहुने सम्भावनासमेत रहेकाले चाँडो आवेदन दिन पनि मन्त्रालयले सूचना गरेको हो।

 

डीभीको नतिजा ७ मे  २०१९ बाट आउन सुरु हुनेछ। अमेरिकी सरकारको आधिकारिक वेबसाइटमा गई रिजल्ट हेर्न सकिनेछ। अनलाइनमार्फत भरिने डीभीको लागि पारिवारिक विवरण सबै खुलाउन भनिएको छ।

प्रतिक्रिया दिनुहोस्