धेरै अंक ल्याउने विद्यार्थीलाई साइकल र ल्यापटप



सप्तरी : तिलाठी कोइलाडी गाउँपालिकाले एसइईको परीक्षामा धेरै अंक ल्याउने ६ जना विद्यार्थीलाई साइकल र ल्यापटप वितरण गरेको छ । कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका तीन वटा विद्यालयका एक छात्रा र एक छात्र गरी छ जनालाई पुरस्कार वितरण गरिएको स्थानीयबासी शैलेन्द्र सिंहले जानकारी दिए ।

 

गाउँपालिकामा सर्वाधिक अङ्क ल्याएका लक्ष्मीबल्भ नरसिंह माध्यमिक विद्यालयका छात्र ओमप्रकाश साह र छात्रा इतिसा अधिकारीलाई ल्यापटप, साइकल र प्रमाणपत्र दिई सम्मान गरिएको हो  । जनता मावि तोपाका रञ्जन यादव र रविराज सिंह, जनता मावि लौनिया तिलाठीका निभाकुमारी झा र देवेन्द्रकुमार खंगलाई पनि साइकल र प्रमाणपत्र दिई सम्मान गरिएको थियो । जनता मावि तोपाका शिक्षिका ललिता झालाई पनि पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्