चियाघारीमा युवती बलात्कृत



विराटनगर: युवतीलाई बलात्कार गरेको आरोपमा झापाका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

 

कचनकवल गाउँपालिका २ मागुरमावीका २० वर्षीय भीम गुरुङलाई ईलाका प्रहरी कार्यालय बनियानीले पक्राउ गरेको हो । शनिबार राति २२ वर्षीया एक युवतीलाई गुरुङले बलात्कार गरेको प्रहरीले जनाएको छ । छिमेकीको विवाहमा गएकी युवतीलाई गुरुङले चियाघारीमा लगेर बलात्कार गरेको प्रहरीको भनाई छ ।

 

पीडित युवतीकी आमाले दिएको जाहेरीका आधारमा गुरुङलाई पक्राउ गरी अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्