कालीगण्डकीमा हामफालेर किशोरी बेपत्ता



पर्वत: कालीगण्डकी नदीमा हामफालेर एक किशोरी बेपत्ता भएकी छन् । दक्षिण पर्वतको बिहादी गाउँपालिका–३ रानीपानीकी १७ वर्षीया मेनुका श्रेष्ठ आइतबार बिहान हामफालेर बेपत्ता भएकी हुन् ।

 

पर्वतको इमिचौर र गुल्मीको पूर्तिघाट जोड्ने झोलुङ्गे पुलबाट हामफालेर बिहादी गाउँपालिका–३ रानीपानीका राजु श्रेष्ठकी माइली छोरी मेनुका बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । नदीमा हाम फालेर बेपत्ता भएकी मेनुकाको खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ ।

 

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले बेपत्ता किशोरीको खोजीकार्य भइरहेको जानकारी दिए ।

 

बेपत्ता किशोरीको खोजी कार्यका लागि पर्वत र गुल्मीबाट प्रहरी परिचालन भइरहेको छ । उनी किन हाम फालेकी हुन् वा पुलबाट खसेकी हुन् भन्नेबारेमा अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्