अशिक्षित समाजमा महिला हिंसा बढी : मुख्यमन्त्री राउत



जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महिला हिंसाको मुख्य कारण पितृसत्तात्मक समाज रहेको बताएका छन् । लैंगिकतामा आधारित हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा आइतबार आयोजित अन्तत्र्रिmया कार्यक्रममा मुख्यमन्त्री राउतले सामाजिक संरचनाका कारण हिंसा बढेको बताए ।

सामाजिक संरचनाले महिला र पुरुषबीच विभेद गरेकाले लैंगिक हिंसा भइरहेको उनको भनाइ थियो । मुख्यमन्त्री राउतले भने, ‘सामाजिक, राजनीतिक र आर्थिक विभेदले पनि महिला हिंसा बढाएको छ ।’ शिक्षित समाजमा हिंसा कम र साक्षरता कम भएको समाजमा हिंसा बढी भएको उनले बताए । उनले वैदेशिक रोजगारीका कारण पुरुषविरुद्ध हिंसा बढेको टिप्पणी गरे । 

खाडी मुलुकमा गएर श्रम बेचेर राम्रो धन सम्पत्ति कमाएर फर्किंदा परिवार गुमाउनुपरेका घटना भइरहेको बताउँदै उनले थपे, ‘सोचमा रुपान्तरण नभएसम्म हिंसा नियन्त्रण गर्न सकिँदैन ।’ मुख्यमन्त्री राउतले लैंगिक हिंसा न्यूनीकरणका लागि शिक्षामा जोड दिनुपर्ने स्पष्ट पारे । संविधानले ग्यारेन्टी गरेपछि महिलाले ३३ प्रतिशत आरक्षण पाएको बताउँदै उनले भने, ‘प्रदेश २ सरकारले महिलालाई ५० प्रतिशत आरक्षण दिएको छ ।’

प्रदेश २ का सभामुख सरोजकुमार यादवले महिला हिंसा न्यूनीकरणका लागि सभ्य समाज निर्माण गर्नुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस्