नेपाली हत्या आरोपमा चारजना पक्राउ



बाजुरा: त्रिवेणी नगरपालिका १ सल्लेडीका धने नेपालीको हत्या गरेको आरोपमा अछाम प्रहरीले चार जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा डम्मर नेपाली, जीवन नेपाली, विकास नेपाली र प्रकाश नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख जनक शाहीले बताए ।

 

पक्राउ पर्नेहरु मृतककै साथीहरु हुन् ।  मंसिर ७ गते अछामको मेल्लेख गाउँपालिका १ आसिकाट्नेमा मेला हेर्न गएका नेपालीको दुई दिनपछि शव भेटिएको थियो । नेपालीको निधारमा गहिरो चोट देखिएकाले उनको हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले मृतककै गाउँका चारजनालाई पक्राउ गरेको हो ।

 

घटनास्थल वरीपरी मदिराका बोतल भेटिएकाले मदिरा सेवनपछि उनको हत्या गरिएको हुनसक्ने प्रहरीको आशंका छ । पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल मंगलसेन ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्