टाउको दुखाइ कम गर्न योग उत्तम उपाय



पछिल्लो समय सबैजसो मानिसलाई बेला न कुबेला टाउको दुख्ने समस्याले सताउने गरेको छ । यसबाट युवा पुस्तादेखि वृद्धवृद्धासम्म प्रभावित छन् । उनीहरु टाउको दुख्ने समस्याले हैरान भएको दुखेसो पोखिरहन्छन् । टाउको दुखेकै कारण आफ्नो दैनिक काम गर्न नसक्ने पनि धेरै छन् । कतिपय जति औषधि खाँदा पनि टाउको दुख्न कम नभएको दुखेसो गर्छन् । कतिपयको नियमितजसो टाउको दुख्ने समस्या हुन्छ । 

टाउको दुख्ने समस्याका मुख्य कारण अव्यवस्थित जीवनशैली, असन्तुलित खानपान, धुवाँधुलो, तनाव, अनावश्यक सोचाइ आदि हुन् । हामीले दैनिक जीवनशैली परिवर्तन ग¥यौं भने टाउको दुखाइ कम हुन्छ । चिकित्सकहरु पनि जीवनशैली, खानपान आदिमा परिवर्तन ल्याए टाउको दुख्ने समस्या नियन्त्रण हुने बताउँछन् । अव्यवस्थित जीवनशैली त्यागेर योगाभ्यासमा ध्यान दिएको खण्डमा टाउको दुखाइबाट छुटकारा पाउन सकिन्छ । खाली पेटमा योग गर्दा सबैभन्दा उत्तम हुन्छ । समय मिलाएर बिहान, दिउँसो र बेलुका योग गर्दा शरीरलाई फाइदा पुग्छ । 

योगका थुप्रै आसन छन् । तीमध्ये पहिले आपूmलाई सजिलो हुने आसन छान्नुपर्छ । योग गर्दा मनमा अरु कुरा खेलाउनुहुँदैन, एकाग्रतापूर्वक योग गरे त्यसले शरीरलाई फाइदा पु¥याउँछ, साथै टाउको दुख्ने समस्या पनि नियन्त्रणमा आउँछ । योग क्रियाका क्रममा बस्न सहज र कुनै अवरोध नहुने आसन रोज्नुपर्छ । शरीरलाई आरामसँग राख्नुपर्छ । योगका क्रममा शरीरका सबै अंग राम्रोसँग र सन्तुलित ढंगले चलाउन सक्नुपर्छ ।  

 

प्रतिक्रिया दिनुहोस्