सुनको मूल्य घट्यो



काठमाडौं : आज सुनको मूल्य घटेको छ  । सुन तोलामा ३ सय रुपैयाँले घटेर ५७ हजार  ७०० रुपैयाँ कायम भएको छ । हिजो सुन ५८ हजार  रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

चाँदी भने प्रतितोला ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको तुलनामा  चाँदी पनि ५ रुपैयाँ घटेको हो ।

प्रतिक्रिया दिनुहोस्