महतो संयोजक हुँदा लड्डु बाँडिएको होइन : उपाध्यक्ष साह



जनकपुरधाम : प्रदेश २ का सामाजिक विकास मन्त्री एवं राजपा उपाध्यक्ष नवलकिशोर साहले पार्टी अध्यक्षमण्डलका संयोजक फेरिएपछि लड्डु बाँडिएको हल्ला निराधार रहेको बताएका छन् । 

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले यस्तो ‘कपोलकल्पित’ प्रचारबाट आफू दुःखी भएको उल्लेख गरेका छन् । उनले यस्तो भ्रामक प्रचार नगरिदिन सबैसँग आग्रहसमेत गरेका छन् । राजेन्द्र महतो पार्टी अध्यक्षमण्डलको संयोजक भएपछि समर्थकहरूले लड्डु बाँडेर खुसियाली मनाएको चर्चा चलिरहेका बेला उपाध्यक्ष साहको यो भनाइ आएको हो । 

अध्यक्षमण्डलका सदस्यको बहुमतका आधारमा केही दिनअघि नेता महन्थ ठाकुरलाई संयोजकबाट हटाएर महतोलाई संयोजक बनाइएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्