सार्वजनिक खरिद एेन संशाेधन नभए देश कंगाल हुन्छ



काठमाडौं : नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले निर्माण क्षेत्रमा देखिएको विकृति समाधान गर्न सार्वजनिक खरिद ऐन नै संशोधन गर्नुपर्ने बताएका छन् । अन्यथा बदनाम कम्पनीहरुले ठेक्का पाइरहने र देश कंगाल बन्ने उनको भनाइ छ ।

 

संसदीय समितिमा खरिद ऐन र ठेकेदार सांसदको प्रतिनिधित्वलाई लिएर चर्चा–परिचर्चा चलिरहेका बेला पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ऐन संशोधनको आवश्यकता औंल्याएका हुन् ।

 

पूर्वअर्थमन्त्री समेत रहेका डा. भट्टराईले सार्वजनिक खरिद ऐनकै कारण राजनीतिक नेतृत्व, इन्जिनियर, ठेकेदारबीच कमिसनखोर गठबन्धन बनेको र पप्पुजस्ता बदनाम निर्माण कम्पनीले ठेक्का पाएको उल्लेख गरेका छन् ।

 

‘सार्वजनिक खरिद ऐनमा संशोधन नगरेसम्म र राजनीतिक नेतृत्व, प्रशासन, इन्जिनियर, ठेकेदारबीच कायम रहेको कमिसनखोरीको गठबन्धन नभत्काएसम्म पप्पुहरूले ठेक्का पाइरहने, भ्रष्टहरू मालामाल भइहने र देश कंगाल बनिरहने शृंखला रोकिन्न है !’, अमेरिकामा रहेका डा. भट्टराईले ट्वीट गरेका छन्, ‘अर्थ समितिमा मेरो पनि आवाज बाहिरैबाट थपें ! छिटो कदम चालियोस् !’

 

सार्वजनिक खरिद ऐनमा संशोधन नगरेसम्म र राजनीतिक नेतृत्व, प्रशासन,इन्जिनीयर, ठेकेदार वीच कायम रहेको कमिसनखोरीको गठबन्धन नभत्काएसम्म पप्पुहरूले ठेक्का पाइरहने, भ्रष्टहरू मालामाल भैरहने र देश कंगाल बनिरहने शृंखला रेकिन्न है! अर्थ समितिमा मेरो पनि आवाज बाहिरैबाट थपें!छिटो कदम चालियोस् !

प्रतिक्रिया दिनुहोस्