अवैध काठसहित चार ट्याक्टर प्रहरी नियन्त्रणमा



जनकपुरधाम : प्रहरीले बाराको महागढीमाई नगरपालिका वडा नं. ९ बाट चार ट्याक्टर काठ बरामद गरेको छ । 

गन्जभवानीपुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान सोही गाउँको सडकबाट ना६त १८०३, ना६त १३०६, ना७त १६७५ र ना३त ६७७७ नम्बरका ट्याक्टर पनि नियन्त्रणमा लिएको छ । ती ट्याक्टरमा अवैध रुपमा विभिन्न प्रजातिका काठको गोलिया लोड गरी ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

प्रहरीका अनुसार काठसहित ती ट्याक्टर आवश्यक कारबाहीका लागि कलैयास्थित इलाका वन कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्