राजपा अध्यक्षमण्डल बैठक स्थगित



काठमाडौं : राजपा अध्यक्षमण्डलको सोमबार बस्ने भनेको बैठक स्थगित भएको छ । अध्यक्षमण्डलका सदस्य राजकिशोर यादव अनुपस्थित हुने भएपछि बैठक स्थगित भएको स्रोतले बताएको छ ।

यादव गृहजिल्ला सिरहामा छन् । राजपाका अध्यक्षमण्डलका सबै ६ जना सदस्य उपस्थित भएपछि मात्रै बैठक बस्ने परम्परा छ । कुनै निर्णय गर्नुपर्दा अध्यक्षमण्डलका सबै सदस्यको सहमति चाहिने भएकाले यादव अनुपस्थित हुने अवस्था आएपछि बैठक नै स्थगित गरिएको एक नेताले बताए । 

पछिल्लो समय राजपाभित्र विवाद बढ्दै गएको छ । अध्यक्षमण्डलको संयोजकबाट नेता महन्थ ठाकुरलाई हटाएर राजेन्द्र महतो संयोजक भएपछि विवाद बढेको हो ।

 

प्रतिक्रिया दिनुहोस्