नेपालकाे संक्रमणकालीन मुद्दा मिलाउने भन्दै नेकपा र प्रतिपक्ष नेता लागे बैंकक



काठमाडौं : नेपालकाे संक्रमणाकालीन मुद्दा समाधान गर्न भन्दै नेकपा र प्रतिपक्ष कांग्रेसका नेता थाइल्यान्डको बैंकक पुगेका छन्। यूनएन, अमेरिका, युराेपियन युनियनलगायतलाई नेपालकाे शान्ति पक्रियामा सघाउन अनुराेध गर्न उनीहरु बैंकक लागेका हुन् ।

 

स्विस सरकारको आर्थिक सहायतामा भएको बैठकमा संक्रमणकालीन न्यायमा देखिएको राजनीतिक मतभेद हल गर्न प्रयास हुनेछ। दलहरु र द्वन्द्वपीडितबीच सहमति नहुँदा संक्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति जुट्न सकेको छैन । त्यसले गर्दा नेपालको शान्ति प्रक्रियाले पूर्णता पाइसकेको छैन।

 

बैठकमा ऊर्जामन्त्री वर्षमान पुन, उद्योगमन्त्री मातृका यादव, नेकपाका नेताहरु भीम रावल, जनार्दन शर्मा र हरिबोल गजुरेल सहभागी छन्।

 

यस्तै, प्रमुख विपक्षी नेपाली कांग्रेसका डा मीनेन्द्र रिजाल र रमेश लेखक पनि सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्