विषादी खाँदा बालकको मृत्यु



लमजुङ : असुरक्षित तरिकाले विषादी घरमा राख्दा लमजुङमा एक दम्पतीले अकालमा २१ महीनाको बालक गुमाउएका छन् । 

मृत्यु हुनेमा क्होलासोथार गाउँपालिका– ९ स्थित साल्मे निवासी किसान विकका छोरा पशुपति रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

आइतबार पशुपतिका बाबु पक्षाघातले ग्रसित भई सुतिरहेका र आमा शान्ति काममा गएका बेला बालकले उक्त विषादीको पोका खाँदा बेहोस भई उपचारका लागि नजीकैको स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । 

दमौली अस्पतालमा आज शवपरीक्षण गरी आफन्तजनलाई बुझाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्