सिके राउत समर्थक पक्राउ



लहान : स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको समर्थनमा प्रदर्शनको तयारी गरिरहेका तीन जनालाई सिरहा प्रहरीले सोमबार पक्राउ गरेको छ । 

नवराजपुरमा प्रदर्शन गर्ने तयारी गरिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका–१० का निर्मलकुमार मण्डल, सखुवानन्कारकट्टी गाउँपालिकाका रामपुकार यादव र मनिष यादवलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए । 

पक्राउ परेका तीनैलाई कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्