धनुषामा पेस्ताेल र गोलीसहित दुर्इ पक्राउ 



धनुषामा पेस्तोल र त्यसमा प्रयोग हुने ६ राउण्ड गोलीसहित धनुषामा दुर्इ जना पक्राउ परेका छन् ।

 

पक्राउ परेकामध्ये एक धनुषा कमला नगरपालिका ६ का १८ वर्षीय राजगिर महतो हुन्छ भने अर्का साेही नगरपालिकाका वडा नं ८ का सत्रुधन ठाकुर रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ । 

 

सिरहा प्रहरी र इलाका प्रहरी कार्यालय खजुरीको संयुक्त टोलीले धनुषाको विदेह नगरपालिका वडा नं १ बाट उनीहरुलार्इ पक्राउ गरेको हो । पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

पक्राउ परेका दुवै जना लुटपाटको घटनामा संलग्न भएका प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्