‘ग्लोबल सकर अवार्ड’को अन्तिम तीनमा रोनाल्डो, एमबाप्पे र ग्रीजम्यान



एजेन्सी : क्रिस्टियानो रोनाल्डो, केलिएन एमबाप्पे र एन्टोनी ग्रीजम्यान ‘ग्लोबल सकर अवार्ड’को अन्तिम तीनमा स्टार परेका छन् ।

दुबईले प्रदान गर्ने अवार्ड विजेताको नाम आगामी जनवरी ३ मा घोषणा गरिने छ । ‘ग्लोबल सकर अवार्ड’को यो दशौं संस्करण हो ।

रोनाल्डो यस अवार्डका लागि आठौँ पटक छनौट भएका हुन् । यसअघि सन् २०१६ र २०१७ मा लगातार यस अवार्ड पाएका रोनाल्डो तेस्रो वर्ष लगातार यस अवार्ड जित्ने होडमा छन् ।

तर यस पटक रोनाल्डोका लागि विश्वकप विजेता फ्रान्सका दुई हस्ती एमबाप्पे र ग्रीजम्यान भारी पर्न सक्छन् । 

प्रतिक्रिया दिनुहोस्