जोर्डनमा फेरि नेपाली चेलीको रहस्यमय मृत्यु



काठमाडौं: वैदेशिक रोजगारीका क्रममा जोर्डन पुगेका दुई नेपाली चेलीले ज्यान गुमाएका छन्। कमलपोखरीस्थित एसईई म्यानपावरमार्फत ती चेली जोर्डन पुगेका थिए । क्लासिक कम्पनीमा गार्मेन्टको कामका लागि गएका उनीहरूको एक महिनाभित्र एउटै भवनमा २ जनाको ज्यान गएको हो।

 

सिन्धुपाल्चोक बाह्रबिसे थापागाउ“की रोशनी रसाइली बाथरुममा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । बिहान बाथरुम जान्छु भनी निस्किएकी रसाइली नफर्किएपछि बाथरुम गई हेर्दा मृत अवस्थामा भेटिएको प्रत्यक्षदर्शीले नेपाली युवतीले जानकारी दिईन । शवको प्रकृति हेर्दा कसैले हत्या गरेर झुन्ड्याएको जस्तो लाग्छ’ ती प्रत्यक्षदर्शीले नेपाली महिलाले बताइन्।

 

एक महिनाभित्रै दुई नेपालीको एउटै (२५ नम्बर) भवनमा रहस्यमय तरिकाले ज्यान गुमाएपछि सबै नेपाली कामदारमा त्रासदी फैलिएको छ । जोर्डनका प्रहरीले आफूहरूलाई शव हेर्न पनि नदिई चोरले जसरी चोरेर लगेको भन्दै नेपाली कामदार काम छोडेर आन्दोलनमा उत्रिएका छन ।

 

‘नेपाली हामी एक हौं, हामीले न्याय पाउनैपर्छ, घटनाको छानविन गर, अपराधीलाई फा“सी दे, शव सार्वजनिक गर, नेपाली हामी झुक्दैनौं’ लगायतका नारा लगाई आन्दोलनमा उत्रिएका नेपालीमाथि प्रहरीले हवाई फायरिङ, ढुंगामुढा तथा लाठीचार्ज समेत गरेको थियो। रोजगारको क्रममा जोर्डनमा रहेकी कुसुम घिमिरेले आन्दोलनको भिडियो फेसवुकमार्फत सार्वजनिक गर्नुभएको छ ।

 

करिब २हजार ५ सय नेपालीले बिभिन्न कम्पनीमा काम गर्दै आएका छन्। ५–५ तलाको २६ वटा भवनमा नेपालीलाई राखिएको छ । महिलामात्र रहने भवनमा सुरक्षागार्ड राखिए पनि बत्ती बनाउने, पानी ट्याङ्की सफा गर्ने लगायतका काम गर्न भन्दै बेला–बेलामा जोर्डनी पुरुषहरू प्रवेश गर्ने गरेको एक नेपाली महिलाले जानकारी दिएकी छिन ।

 

बिरामी पर्दा औषधी उपचार कम्पनीले नै गर्ने भनिए पनि तलबबाट काट्ने गरेको र बिरामी पर्दा प्रर्याप्त रूपमा आराम गर्न नदिई काममा लगाउने, बिदामा घर जान चाहनेलाई पनि सकेसम्म घर जान नदिने गरेको ती नेपाली चेलीले बताइन्।

 

१५ दिनअघि सिन्धुपाल्चोककै १९ वर्षकी एक नेपाली महिला कामदार आफ्नै डेरामा मृत अवस्थामा भेटिएकी थिइन्। जुत्ताको तुनाको पासो लगाई झुन्डिएको अवस्थामा शव भेटिएको थियो। घु“डाले भुइ“मा टेकेको अवस्थामा उनको ज्यान कसरी गयो ? योे घटना अझै पनि रहस्यको गर्भमै रहेको छ । प्रहरीले उनले आत्महत्या गरेको हो भन्यो। तर, कसरी पत्याउनु’, अर्की एक नेपालीले भनिन्– ‘छानविन नै नगरी शव नेपाल पठाइयो । न्याय त परै जाओस् मृतकको परिवारले अहिलेसम्म पनि पूर्णरूपमा क्षतिपूर्ति नपाएको अवस्था छ।’

 

‘७ महिनाअघि सुरक्षागार्डस“ग सामान्य विवादमा जेलमा थुनिएका चार नेपाली चेलीको अझै पनि अत्तोपत्तो छैन भने यहा“ हामी कसरी सुरक्षित भई काम गर्न सक्छौं।’ अर्की एक नेपाली महिला कामदारले बताइन् । उक्त कम्पनीले नेपाल, भारत, श्रीलङ्का, बंगलादेशलगायतका देशबाट कामदार लगेको समाचारपत्रमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्