प्रहरीको डीआईजीका लागि कस–कसको भीडन्त ?



काठमाडौं:  नेपाल प्रहरीमा रिक्त एक डीआइजी पदको लागि ४ एसएसपीको दौड सुरु भएको छ । डीआईजी सुशील भण्डारीको केही दिनअघि दुर्घटनामा निधन भएपछि पदरिक्त भएको हो । रिक्त एक डीआइजी पदमा बढुवाका लागि एसएसपीहरु वीरेन्द्र श्रेष्ठ, गणेश ऐर, घनश्याम अर्याल, वसन्त पन्तहरु लागेका छन् ।

 

आइजीपी सर्वेन्द्र खनाल एसएसपी वीरेन्द्र श्रेष्ठलाई बढुवा गर्ने योजनामा रहेको स्रोतले बताएको छ । एसएसपीका ब्याची हुन् । आइजीपीको ब्याचका सबै डीआइजी र एआइजी भइसकेका छन् । तर श्रेष्ठ भने एसएसपी नै छन् ।

 

एसएसपीद्वय ऐर र पन्त आइजीपीको नजिक भएकोले बढुवा हुने दाउमा छन् । निकट भएकै कारण ऐरलाई ललितपुरबाट आइजीपी खनालले कल्याणमा ल्याएका छन् भने पन्तलाई ट्राफिक महाशाखाको प्रमुखको महत्वपूर्ण जिम्मेवारी दिएका छन् ।

 

एसएसपी घनश्याम अर्याल भने गुल्मी एमालेका नेताहरु प्रदीप ज्ञवालीहरुको शक्ति प्रयोग गरी बढुवा हुने दौडमा लागेका छन् । एसएसपी अर्याल गुल्मीमा भएकाले त्यताका नेता प्रयोग गरिरहेका छन् । ऐर पनि नेकपाका नेताहरुको सोर्सफोर्स लगाइरहेका साँघुमा खबर छ । अहिले रिक्त पदमा डीआइजी बढुवा हुन सके एआइजी बढुवा हुने भएकाले पनि चर्को प्रतिस्पर्धा छ ।

प्रतिक्रिया दिनुहोस्