धनुषामा पेस्ताेल र गोलीसहित दुर्इ पक्राउ 



धनुषा । बुधबार धनुषामा पेस्तोल र त्यसमा प्रयोग हुने ६ राउण्ड गोलीसहित दुर्इ जना पक्राउ परेका छन् ।

 

पक्राउ परेका दुई युवामध्ये एक धनुषाको कमला नगरपालिका ६ का १८ वर्षिय राजगिर महतो र अर्को साेही नगरपालिका ८ का शत्रुधन ठाकुर रहेको धनुषा प्रहरीले जनाएको छ ।

 

प्रहरीको विशेष टोली, सिराहा प्रहरी र ईलाका प्रहरी कार्यालय खजुरीको संयुक्त टोलीले बुधबार धनुषाको विदेह नगरपालिका १ बाट उनीहरुलार्इ पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालार्इ थप अनुसन्धानका लागि हिरासतमा राखिएका छन् ।

 

पक्राउ परेका दुवै जना लुटपाटको घटना संलग्न हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्