सर्वोच्च अदालतले झिकायो सिके राउतको पेनड्राइभ



काठमाडौं: सर्वोच्च अदालतले सिके राउतको पेनड्राइभ झिकाउन सोमबार आदेश दिएको छ । राज्यविरुद्ध अपराध मुद्दाको अनुसन्धानका क्रममा रौतहटमा थुनामा रहेका राउतको पेनड्राइभ झिकाउन सर्वोच्चले आदेश दिएको हो ।

 

सरकारी पक्षले राउतले राज्यविरुद्ध अपराध गरेको प्रमाण उनको पेनड्राइभमा रहेको जनाएपछि अदालतले उक्त पेनड्राइभ दाखिला गर्न आदेश दिएको हो । न्यायाधीशहरु चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले यस्तो आदेशमा दिएको अन्नपुर्णमा खवर छ ।

 

‘यसमा प्रस्तुत मुद्दाको प्रमाणकारुपमा उल्लेखित पेनड्राइभ दाखिला भएको नदेखिँदा उक्त पेनड्राइभ महान्यायाधिवक्ताको कार्यालयमार्फत अविलम्ब दाखिला गराई सो पेनड्राइभ हेर्ने समुचित व्यवस्थासमेत गरी मिति २०७५-८-१२ को पेशी तोकी उक्त दिन बन्दीलाईसमेत उपस्थित गराई नियमानुसार गरी पेश गर्नू ।’

प्रतिक्रिया दिनुहोस्