श्रेया हत्या प्रकरण: पाेखरा तनावग्रस्त, प्रहरी कार्यालय घेराउ



पोखरा: बालिकाको बलात्कारपछि हत्या गर्नेलाई कारवाहीको माग गर्दै बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय घेराउ गरेको छ । छोरेपाटनबाट नारावाजी गर्दै आएको बिशेष गरेर महिलाहरु रहेको जुलुसले जिल्ला प्रहरी कार्यालय गैह्रपाटन आएर घेराउ गरेको हो ।

पोखरा- २२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै छिमेकी कुसुम पौडल मंगलबार राति पक्राउ परेका थिए। प्रहरीले आरोपीलाई सार्वजनिक गर्ने तयारी गर्दै गर्दा ठूलो समुह प्रदर्शनमा उत्रिएपछि पत्रकार सम्मेलनसमेत हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्