सन्दीपको टिम केरला नाइटस् पञ्जाब लिजेन्डससँग पराजित



काठमाडौं : यूएईमा जारी टी–१० क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएका सन्दीप लामिछानेले चौथो खेलमा उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । 

उनले २ ओभरमा २८ रन खर्चिएक थिए । सुरुका तीन खेलबाट ६ विकेट लिएका सन्दीपले चौथो खेलमा पनि राम्रो गर्ने अपेक्षा गरिएको थियो । उनको टिम केरला नाइटस् पञ्जाब लिजेन्डससँग ३६ रनले पराजित भएको छ । 

केरलाले रन पछ्याउने क्रममा सन्दीपले ब्याटिङ पनि गरेका थिए । उनी १ रनमा नट आउट रहे । केरलाका क्रिस गेलले ३५ रन जोड्दा अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । 

प्रतिक्रिया दिनुहोस्