धम्कीपछि शाहरुखको सुरक्षा व्यवस्था कडा



एजेन्सी : सलमान खानपछि बलिउडका बादशाह शाहरुख खानलाई पनि धम्की दिइएको छ । उनलाई कलिंगा सेनाले धम्की दिएको हो ।

 

सो संगठनको उडिसा शाखाले शाहरुख खानलाई हकी वल्र्ड कपमा आए मुखमा मसी फ्याँक्ने बताएको थियो । जसका कारण भारतीय प्रहरीले उनको सुरक्षाव्यवस्था कडा पारेको छ ।

 

कालिंगा समूहका नेता हेमन्त रथले शाहरुख खानको फिल्म अशोकाले उडिसाका स्थानियको अपमान गरेको बताएका छन् । सो फिल्म १७ वर्षपहिले रिलिज भएको थियो ।

 

‘हाम्रो संगठनले यससँगसम्बन्धी रिपोर्ट पनि पुलिसमा दर्ता गरेको थियो,’ हेमन्त रथले भनेका छन् । भुवनेश्वरको डिसिपी अनुप साहुले हक्की विश्वकपका वेला शाहरुख खानको सुरक्षामा राम्रो ध्यान दिइने बताए । तर, शाहरुख त्यहाँ जाने नजाने निश्चित छैन ।

 

त्यसो त यो विवाद फिल्म रिलिज हुनेबित्तिकै सन् २००१ मा पनि भएको हो । शाहरुख खानले उडिसा राज्यका नागरिकको इतिहास मेटाउने कोसिस गरेकाले माफी माग्नुपर्ने उनीहरुको माग थियो । उडिसामा २८ नोभेम्बरदेखि १६ डिसेम्बरसम्म् हक्की विश्वकप हुदैँ छ ।

प्रतिक्रिया दिनुहोस्