प्रदेश २: बिद्युत बिधेयकमा  सैद्दान्तिक छलफल



जनकपुरधाम: प्रदेश २ को सरकारले बिद्युत उत्पादन, वितरण र चुहावट नियन्त्रण गर्न प्रादेशिक बिद्युत बिधेयक प्रदेशसभामा पेश गरेको छ  । सोमबारको प्रदेशसभा बैठकमा बिद्युत बिधेयकमाथि सैद्दान्तिक छलफल भएको छ ।

 

भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको बिधेयकमाथि सैद्धान्तिक छलफल सकिएको छ । नेकपाकी सांसद शारदा थापाले बिद्युत चुहावट र अनियमितता प्रदेश २ मा निकै रहेको बताइन् । सांसद थापाले बिद्युत कार्यालय र फयूज शाखाका कर्मचारी अनियमिततामा संलग्न रहेको आरोप लगाइन् ।

 

सैद्धान्तिक छलफलमा सहभागि हुंदै कांग्रेसका सांसद शिवचन्द्र चौधरीले प्रदेश २ मा जलविद्युतको सम्भावना न्युन रहेको बताए । मन्त्री सोनलले बिद्युत उत्पादनको सबै बिकल्पमा सरकार खुला रहेको बताए । उनले यो वर्ष मात्र सौर्य उर्जाबाट ५० मेगावाट बिद्युत उत्पादन हुने बताए । बैठकको शुन्य समयमा नेकपाकी सांसद बेची लुङेली र राजपाकी निराकुमारी साहले मंसिर ६ गते सिराहामा भएको सवारी दुर्घटनामा मृत्यु भएकाहरुको परिवारलाई राहत र घाइतेलाई उपचारको व्यवस्था गर्न माग गरे ।

 

कांग्रेसकी सांसद शोभा लामाले करारमा कर्मचारी भर्ना गर्ने बिधेयकमा अपाङ्ता भएका व्यक्तिलाई आरक्षणको व्यवस्था गर्नुपर्ने माग गरिन् । नेकपाका सांसद अशोक यादवले प्रदेश सरकारले सिंचाई तथा जल उत्पन्न कार्यालय लहानबाट सिरहा सार्न लागेको भन्दै बिरोध गरे । प्रदेशसभाको अर्को बैठक आज १ बजे बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्