
ताप्लेजुङ : ताप्लेजुङमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
जिल्लाको फुङलिङ नगरपालिका–९, हाङदेवाका २० वर्षीय अमृत विकलाई प्रहरीले पक्राउ गरेको हो ।
विकबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनले ती बालिकालाई घरमै लगेर जबर्जस्ती करणी गरेको आरोप छ ।
यसैबीच डकैती कसुरमा सजाय सुनाइएका व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
डाँका मुद्दामा जिल्ला अदालतबाट ६ वर्ष कैद तथा २ हजार ३०० रुपैयाँ जरिवाना ठहर भएका मेरिङ्देन गाउँपालिका–२ का ३५ वर्षीय मिङ्मा शेर्पालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
लामो समयदेखि फरार रहेका शेर्पालाई पक्राउ गरी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।