काठमाडौं: काठमाडौंको थापाथलीस्थित नेपाल राष्ट्र बैंकको कार्यालय नजिक रहेको माछापुच्छ्रे बैंकको एटीएम काउन्टरमा गएराति तोडफोड भएको छ ।
एटीएम काउन्टरको ढोका फोडिए पनि पैसा भने चोरी नभएको सुरक्षा गार्डले बताए । राति २ बजे ठूलो आवाज आएको सुनेर हेर्दा एटीएमको काउन्टरको ढोका फोडिएको उनले बताए ।