केरा खेतीबाटै बार्षिक ३ लाख



बझाङ : बझाङको खप्तड छान्ना गाउँपालिका–५ सुतारी गाउँका एक किसान केरा खेतीबाटै बार्षिक ३ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।

गाउँघरका अधिकांश युवा रोजगारीका लागि भारत गरेको समयमा प्रकाश खत्रीले भने गाउँमै केरा खेती गरेर बार्षिक ३ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका हुन् ।

केरा खेतीबाट कुनै सिजनमा बार्षिक ६ लाखसम्म आम्दानी हुने गरेको खत्री बताउँछन् । उनको घरका सदस्यसमेत केरा खेतीमै लागेका छन् ।

उनले ५ रोपनीमा केरा खेती गरेका छन् । अब खेती विस्तारको तयारी गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्