बेलायतको ब्रेक्जिटबारे डिसेम्बर ११ मा मतदान



काठमाडौं: बेलायतकी प्रधानमन्त्री टेरिजा मेले ब्रेक्जिटका विषयमा डिसेम्बर ११ मा मतदान हुने घोषणा गरेकी छिन् ।

 

युरोपेली संघका मुलुकहरूले पनि  ब्रेक्जिट सहमतिलाई स्वीकृति दिइसकेका छन् । अट्ठाईस सदस्य रहेको युरोपेली संघबाट बेलायत अलग्गिने आधार यसले दिएको छ ।  बेलायती संसद्को स्वीकृति पछि यसलाई लागू गरिनेछ । युरोपेली संघसँग दुई वर्षदेखि ब्रेक्जिट सम्झौतामा छलफल चलिरहेको छ ।

 

प्रधानमन्त्री मेले  बेलायती संसदमा यो सम्झौता पारित गराउनुपर्ने हुन्छ । मेकै कन्जर्भेटिभ दलका सांसदले पनि ब्रेक्जिटको विरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्