सिरियाली गृहमन्त्रीसहित नौ मन्त्री परिवर्तन



दमास्कस: सिरियाको सरकारले मन्त्रीमण्डल हेरफेर गरेको छ । राष्ट्रपति बसर अल असदले मन्त्रिपरिषद्का सदस्यहरु हेरफेर गर्न निर्देशन दिए अनुसार नौ जना मन्त्री परिवर्तन भएको राज्यद्धारा संचालित समाचार संस्था सानाले जनाएको छ ।

 

उनको निर्देशन अनुसार जलश्रोत, आन्तरिक व्यापार, गृह, पर्यटन, शिक्षा, उच्च शिक्षा सार्वजनिक कार्य तथा निर्माण, संचार र उद्योग मन्त्री परिवर्तन भएका हुन् । गृहमन्त्रीको परिवर्तनलाई सिरियामा अर्थपूर्ण रुपमा लिइएको छ । गृहमन्त्री मोहम्मद अल शार सन् २०११ देखि उक्त पदमा थिए ।

प्रतिक्रिया दिनुहोस्