रौतहट: रौतहटको चन्द्रपुर नगरपालिकामा साँढेको आक्रमणबाट एक महिनाको अवधिमा १२ जना घाइते भएका छन् । सोमबार पूर्व–पश्चिम राजमार्गको चन्द्रपुरमा साँढेले गुडिरहेको ई–रिक्सालाई पल्टाइदिँदा चालक वीरेन्द्र साह र दुई यात्रु घाइते भएका छन् ।
उनीहरूको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । साँढेको आक्रमणबाट यसै साता चन्द्रनिगाहपुरका विशान्तप्रसाद सुवेदीको हात भाँचिएको थियो । चन्द्रपुर नगरपालिकामा साँढेले दुःख दिएको वडा सदस्य कृष्णबहादुर खड्काले बताए ।
साँढे नियन्त्रण गर्न स्थानीयबासिन्दाले नगरपालिकालाई खबर गरेपनि सुनुवाई नभएको गुनासो गरेका छन् । साँढेले राजमार्गमा गुड्ने सवारीसाधनलाई पनि अवरोध पु¥याउने गरेको छ ।