यसकारण आउँछ महिलाको शरीरमा अनावश्यक रौँ



पुरुषमा दाह्री–जुँगा आउनु एउटा स्वाभाविक जैविक प्रक्रिया हो । तर, कतिपय महिलाको समेत अनुहारमा अनावश्यक रौँ आउने गर्छ । यसलाई समस्याका रूपमा हेरिन्छ । महिलामा अनावश्यक रूपमा दाह्री–जुँगा पलाउनुलाई समाजमा नराम्रो दृष्टिकोणले हेरिन्छ ।

 

कतिपय अवस्थामा जिस्क्याएर अपमानित पनि गरिन्छ । तसर्थ, अनावश्यक रौँकै कारण महिलाहरू मानसिक रूपमा पीडित भएको पाइएको छ । हुन पनि दाह्री–जुँगा आउँदा महिलाको सौन्दर्यमा नै असर परिरहेको हुन्छ । जसकारण वेलावेलामा लेजर तथा कस्मेटिक पद्धतिद्वारा रौँ हटाउनुपर्ने झन्झट हुन्छ ।


रौँ आउने कारण

अध्ययनअनुसार धेरैजसो महिलामा टेस्टोस्टेरोन हर्मोनका कारण अनुहारसँगै शरीरका विभिन्न ठाउँमा रौँ पलाउने गर्दछ । यस्तो पुरुष हर्मोन उत्पादन हुँदा महिलामा झन्डै पुरुषकै सरह दाह्री– जुँगा आउने हुन्छ ।

त्यसैगरी छाती, पेट, हात, खुट्टा तथा यौनांगमा समेत अनावश्यक रौँ देखा पर्छ ।

स्वास्थ्यमा आउने गडबडी, विनाकारण हुने इडियोपार्थिक, पोलिस्टिक सिन्ड्रोम, डिम्बाशयमा कुनै ट्युमर पलाएमा ।

पुरुषको तुलनामा महिलामा छिटोछिटो हर्मोन गडबड हुने कारण ।

छालासम्बन्धी रोग, थाइराइडमा समस्या, पेटमा हुने समस्या ।

एड्रिनल ग्रन्थिले डिएचइएस नामक अर्को हर्मोनको अत्यधिक उत्पादन ।

हर्मोन परिवर्तन गर्ने औषधिको जथाभावी प्रयोग ।

वंशानुगत गुणका कारण पनि महिलामा बढी रौँ पलाउँछ ।


कसरी हटाउने ?

रौँ हटाउन अस्थायी र स्थायी दुइटा तरिका अपनाउन सकिन्छ । केही तरिका यस्ता छन् :

स्थायी रूपमा हटाउन थे्रडिङ गर्ने ।

घरेलु उपायअनुसार कपडामा चिनी लगाएर निकाल्ने ।

एपोलिङ र वासिङजस्ता विभिन्न तरिका अपनाउन सकिन्छ ।

बजारमा पाइने कपाल हटाउने क्रिमको प्रयोग गरेर अस्थायी रूपमा हटाउन सकिन्छ । जो कपालको प्रकृति हेरी हप्ता वा महिनादिनको फरकमा प्रयोग गर्न सकिन्छ ।

चिकित्सकीय विधिद्वारा लेजर गरेर कपाल स्थायी रूपमै हटाउन मिल्छ । कपाल उत्पादन गर्ने एड्रिनल ग्रन्थि मिर्गौलाको ठीक माथि हुने भएकाले यसको उपचार सामान्य तरिकाले गर्न सकिँदैन । तर, चिकित्सकीय विधि लेजरका माध्यमले समस्याको दीर्घकालीन समाधान गर्न सकिन्छ । – नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्