प्रधानन्यायाधीशमा फेरि पनि जोशी !



काठमाडौं: न्याय परिषद्ले भावी प्रधानन्यायाधीश बन्न सक्ने न्यायाधीशको नामकाे सूची संवैधानिक परिषद्मा पठाएको छ। न्याय परिषद्का सचिव नृपध्वज निरौलाले दुई जना न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाएका हुन्। 

 

प्रधानन्यायाधीशको पद रिक्त हुनभन्दा एक महिना अघि नै प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने संबैधानिक व्यवस्था बमोजिम न्यायाधीशहरूको नाम पठाइएको हो। हालका प्रधानन्यायाधीश ओमप्रकाश मिश्र १७ पुसमा उमेर हदका कारण सेवा निवृत्त हुँदैछन्।  मिश्रको अवकाशपछि प्रधानन्यायाधीशका लागि दुई जना योग्य व्यक्तिलाई सिफारिस गरी सुनुवाइ गर्ने प्रयोजनका लागि जोशी र राणाको नाम पठाइएको हो।

 

न्याय परिषदले सर्वोच्च अदालतमा तीन वर्ष काम गरेका न्यायाधीशहरू दीपकराज जोशी र चोलेन्द्र शमशेर जबराको नाम सिफारिस गरेको हो। जोशी यसअघि पनि प्रधानन्यायाधीशमा सिफारिस भएर संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएका व्यक्ति हुन्। 

 

 

प्रतिक्रिया दिनुहोस्