राज्यमन्त्री मण्डलद्वारा जन्मदिनमा वृक्षरोपण



जनकपुर : प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेशकुमार मण्डलले जन्मदिनको अवसर पारेर जनकपुरमा वृक्षरोपण गरेका छन् ।

 

धार्मिक पर्यटकीय स्थल संकटमोचन मन्दिर र मणिमण्डपमा पूजा अर्चना गरी उनले दुवै स्थानमा रुद्राक्षका बिरुवा रोपेका छन् । साथै उनले मन्दिर आसपास क्षेत्रलाई पलास्टिक झोलामुक्त बनाउन आग्रह गरे । प्लास्टिकको साटो कपडाको झोला प्रयोग गर्न अनुरोध गर्दै राज्यमन्त्री मण्डलले सर्वसाधारणलाई कपडाको झोलासमेत वितरण गरेका छन् ।

 

कार्यक्रममा सामाजिक अभियन्ता एवं प्रदेससभा सदस्य रामआशीष यादवको समेत उपस्थिति थियो । राज्यमन्त्री मण्डल र सांसद यादवले संयुक्त रूपमा जनकपुर स्वच्छता अभियानको सूचनामूलक होर्डिङ बोर्डसमेत गाडेका थिए । यस कार्यक्रममा सामाजिक तथा सरसफाइ अभियन्ता सुरेश शर्मा, अमरचन्द्र अनिललगायतले समेत साथ दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्