एक युवकको शव फेला 



बैतडी : बैतडीको सुर्नया गाउँपालिका–५ मा एक युवकको शव फेला परेको  छ । दशरथचन्द नगरपालिका वडा नं २ घरभइ सुर्नया गाउँपालिका–६ मुसेमा फलामका भाँडा बनाउने काम गर्दै आएका २७ बर्षिय करन लुहारको सुर्नयाको बिरखम भन्ने ठाउँमा शव फेला परेको हो ।

सोमबार साँझ ५ बजेतिर महिलाहरुले खर काटन जाँदा लुहार मृत अवस्थामा फेला परेको शंकरपुर प्रहरी चौकी सुर्नयाका प्रहरी नायब निरिक्षक धन सिंह धामीले बताए ।  

५ दिनदेखि बेपत्ता रहेका लुहारको सोमबार साँझ शव भेटिएको  र स्थानीयहरुले आफूलाई खबर गरेपछि मंगलबार दिउँसो १ बजे घटनास्थलबाट शवको पोष्टमार्टमका लागि इलाका प्रहरी कार्यालयको जिम्मा लगाएको प्रहरी नायब निरिक्षक धामीले बताए । 

लुहार सुर्नया– ६ स्थित भवानी मन्दिरमा गत ६ गते लागेको जात्रा हेर्न गएका बेला घर फर्किने क्रममा भीरबाट लडेको हुनसक्ने प्रहरी अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्