कुन्यू जल्दा २५ कट्ठाको धान खरानी



विराटनगर : मोरङको कानेपोखरी गाउँपालिका–४ का फुलछिरिङ शेर्पाको धानको कुन्यूमा आगलागी भएको छ । कानेपोखरी २ स्थित आफ्नै खेतमा पराल जलाउने क्रममा धानसहितको कुन्यूमा आगलागी भएको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार आगलागीमा परेर २५ कट्ठा जमिनमा उब्जनी भएको एक लाख २५ हजार रुपैयाँ मूल्यबराबरको धान जलेर नष्ट भएको छ । आगो स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्