उस्तादको तबलामा झुमे दर्शक



काठमाडौं : चर्चित तबला वादक जाकिर हुसेनको साङ्गीतिक कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । मंगलबार काठमाडौंस्थित भारतीय दूतावास परिसरमा कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रममा विभिन्न क्षेत्रका झन्डै एक हजारभन्दा बढी व्यक्ति सहभागी भएका थिए । कार्यक्रममा हुसेनलाई आनन्द कृष्णन्, साबिर खान, नवीन शर्मा र मुजीब ददरकरले विभिन्न बाध्य यन्त्रमा साथ दिएका थिए । 

जाकिर हुसेन साङ्गीतिक क्षेत्रका चर्चित व्यक्ति हुन् । १७ वर्षपछि भएको कार्यक्रममा उनले आधुनिक तथा शास्त्रीय तबला वादन मार्फत उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए । 

नेपाल–भारत कूटनीतिक सम्बन्धको ७०औं वर्षगाँठ मनाउन तथा दुवै देशको साझा साङ्गीतिक सम्बन्धलाई मजबुत बनाइराख्न हुसेनसँगको साङ्गीतिक कार्यक्रम आयोजना गरिएको दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्