आमाहरु फुटबल मैदानमा



धादिङ : मैदान तयार थियो । रेफ्री तयार थिए । रेफ्रीले मैदानको बीचमा बलसमेत राखिसकेका थिए । तर, खेलाडी थिएनन् । केहीबेरपछि कुर्ता — सुरुवाल र प्यान्टसँग जुत्तामोजा लगाएर एक हुल महिला मैदान पसे । 

त्यसपछि मात्र सबैलाई थाहा भयो, यो सामान्य फुटबल खेल होईन रहेछ । त्यसपछिको झन्डै एक घण्टा भातभान्सा र घरायसी धन्दामा व्यस्त हुने आमाहरुले मैदानमा आफ्नो फुटबल कला प्रस्तुत गरे । 

उनीहरुको खेलबाट दर्शकले भरतपुर मनोरञ्जन लिए । मंगलबार बिहान बेनीघाट रोराङ गाउँपालिकास्थित  चन्द्रोदय माविको मैदानमा देखिएको दृश्य हो यो । 

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा यो खेल आयोजना गरिए हो । खेलले जनचेतना र आमाहरुको आत्मविश्वास बढाउने अपेक्षा आयोजक बेनीघाट रोराङ गाउँपालिकाको छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्