फास्ट ट्रयाककाे सडकमा ऐतिहासिक बस्ती भेटियाे



काठमाडौं : निर्माणाधिन काठमाडौं तराई÷मधेश दु्रतमार्ग (फास्ट ट्रयाक) को विषयलाई लिएर चर्को विरोधमा उत्रिरहेको खोकना फेरी चर्चामा छ ।

स्थानीयहरुले फास्ट ट्रयाकको लागि रेखाङकन गरिएको स्थानमा पुरातात्विक सम्पदाहरु रहेको र त्यसलाई उत्खनन् गर्न पुरातत्व विभागलाई बारम्बार ताकेता गरेपनि वेवास्ता गरिएको स्थानीयले जनाएका छन् ।

ललितपुरको कुदेशमा रहेको गुरुपौचैत्यको ३५ मिटर दक्षिणतिर खन्दा प्राचिन इनार भेटिएको छ । सानो आकारको इनार मल्लकालभन्दा अगाडिको भएको दाबी पुरातत्वविद् छत्रबहादुर कायस्थको दाबी छ। 

उत्खनन्को क्रममा चैत्यको उत्तरतिर मूर्तिहरु, इँटा छापेको बाटो, घरका जगहरु, प्राचीन माटाका भाँडाकुडाँ, डलुचा र देवालगायतका प्राचीन बत्ती भेटिएका छन् । हाल ती सम्पूर्ण बस्तुहरु सुरक्षित राखिएको अभियानका सदस्य महर्जनले बताए ।

‘खन्दा भेटिएका पुराना वस्तु सुरक्षित राखेका छौं । यी वस्तु कति प्राचीन हुन् भनेर विस्तृत अध्ययन गर्ने व्यवस्था गरिराखेका छौँ,’ उनले भने ।

खोकनाको कुदेशमा करिब डेढ फिट जति उत्खनन गरेको बेला ती सामानहरु भेटिएको स्थानीयले बताएका छन्। फास्ट ट्रयाक लाने तयारी भएको क्षेत्रमा खन्ने क्रममा माटो र ढुंगाबाट बनेका बिभिन्न सामग्री फेला परेका हुन ।

खनिएका स्थानमा उत्खनन गरेर हेर्ने क्रममा पुरानो बस्ति नै भेटिन सक्ने स्थानियको अनुमान छ । पुरातत्वविद् कायस्थले यस ठाँउमा एक हजार वर्ष अघि देखि नै बस्ति हुनु पर्ने अनुमान गरे ।

विभागका प्रवक्ता रामबहादुर कुँवारले देखिएको पुरातात्विक बस्तुलाई नछुने गरी र खन्दै जाँदा भेट्टिएका पुरातात्विक वस्तुलाई जीर्णोदार र संरक्षण गर्ने हिसावले फास्ट ट्रयाक खन्न सिफारिस गरिएको बताए । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्