प्रियंकाको विवाहमा बलिउडकर्मीलाई निम्तो छैन !



एजेन्सी : अभिनेत्री प्रियंका चोपडा यही डिसेम्बर २ र ३ मा प्रेमी निक जोनसका साथ लगन गाँठो कस्न लागेकी छिन् । भारतको राजस्थानस्थित उम्मेद भवन प्यालेसमा प्रियंका र निकको विवाहको तयारी धुमधामका साथ चलिरहेको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेत्री प्रियंकाले उनको विवाहका लागि पाहुनाहरुको नाम लिष्ट पनि फाइनल गरिसकेकी छिन् । तर, प्रियंकाको लिष्टमा बलिउडका कुनै पनि कलाकारहरुको नाम अटाएको छैन । प्रियंकाले उनको विवाहमा बलिउडका एकजना कलाकारलाई पनि बोलाउने छैनन् । 

बलिउड कलाकारहरु उपस्थितिमा विवाहमा धेरै भिड हुनेछ । भिडको जिम्मेवारी लिन गाह्रो भएका कारण प्रियंकाले यो निर्णय लिएको बताइएको छ । 

प्रियंकाले बलिउडका आफ्ना साथीहरुका लागि विवाहपछि मुम्बईमा एक भब्य रिसेप्सनको आयोजना गर्नेछिन् । 

प्रतिक्रिया दिनुहोस्