यस्तो छ कपिल शर्माको विवाहको निम्तो कार्ड



एजेन्सी : भारतीय हास्यकलाकार कपिल शर्माको विवाहको खबरबीच उनले आफ्नो विवाहको कार्ड ट्वीट गरेका छन् ।

कपिल शर्माले आफ्नो ट्वीटर ह्यान्डलबाट ‘तपाईँहरूको आशीर्वाद चाहिन्छ’ भन्दै विवाहको निम्तो कार्ड पोस्ट गरे । कार्डमा उनीहरूको विवाह डिसेम्बर १२ तारिखमा हुने बताइएको छ ।

कपिल आफ्नी प्रेमिका गिन्नी चतरथसँग विवाह बन्धनमा बाँधिदैछन् । गिन्नी चतरथ पन्जाबको जालन्धरकी हुन् । दुवै निकै अघिदेखि सम्बन्धमा भएको बताइन्छ ।

कपिलका अनुसार उनले गिन्नीलाई सन् २००५ मा भेटेका थिए ।

कपिलले इन्स्टाग्राममा गिन्नीका पिताले सुरुमा उनको विवाहको प्रस्ताव अस्वीकार गरेको बताएका थिए ।

त्यति बेला उनी करियरको सुरुवात गरिरहेका थिए । तर त्यतिबेलादेखि अहिलेसम्म गिन्नीले उनको प्रतीक्षा गरिन् र उनको मुस्किल समयमा साथ दिइन् ।

गिन्नीले इन्स्टाग्राममा कपिलले उनको अत्यधिक केयर गर्ने र उनीजस्तो कोही पनि नभएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्