दसैंलाई नयाँ नाेट चाहियाे? यी बैंक शाखामा जानुहाेस्



काठमाडौं: नेपाल राष्ट्र बैंकले सरकारी बैंकबाट नयाँ नोट पाइने शाखा सार्वजनिक गरेको छ। राष्ट्र बैंकले २१ गतेबाट दशैंका लागि नयाँ नोट वितरण गर्दैछ। 

 

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगडी कार्यालयबाट नयाँ नोट पाइने जनाइएको छ। साथै सरकारी बैंक नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका विभिन्न शाखा कार्यालयबाट नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ। 

 

नयाँ नोट नेपाल बैंकको न्यरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखा कार्यालयबाट साट्न पाइन्छ। त्यस्तै, राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानो थिमी, विशालबजार, नक्साल, कलंकी र बालाजुबाट साट्न सकिन्छ।

 

त्यस्तै अर्को सरकारी बैंक कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भु, मंगलबजारका शाखा कार्यालयबाट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ। 

सर्वसाधारणले प्रतिव्यक्ति २७ हजार रुपैयाँका दरले नयाँ नोट पाउनेछन्। 

प्रतिक्रिया दिनुहोस्